होमपेज / समाज
साउन १५,सल्यान
गत आर्थिक वर्ष सल्यानका स्थानीय तह र सरकारी कार्यालय विरुद्ध ८१ मुद्या परेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय तह र प्रदेश मातहतका विभिन्न सरकारी कार्यालय विरुद्ध ८१ उजुरी परेका हुन ।
जिल्लाको सिद्ध कुमाख गाउँपालिकामा सबै भन्दा धेरै आठ वटा उजुरी परेका छन् । यस्तै शारदा, बागचौर नगरपालिका र दार्मा गाउँपालिकाका विरुद्ध समान पाँच पाँच, कुमाख, कपुरकोट र त्रिवेणी गाउँपालिकाका विरुद्ध समान दुई दुई, कालिमाटी गाउँपालिका विरुद्ध चार र छत्रेश्वरी गाउँपालिकाका विरुद्ध एक उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी रमेश गौतमले जानकार दिए ।
८१ उजुरी मध्ये ३० उजुरी उपर छानविनको क्रममा रहेको उनको भनाई छ ।





.jpg)