होमपेज / समाज
साउन १४,सल्यान
आमा बुवा गुमाएका सल्यानका एकै घरका चार बालबालिकाको एस.ओ. एस. बालग्राम भैरहवा अभिभावक बनेको छ ।
तीन वर्ष अघि आमा र गत चैतमा बुवा गुमाएका जिल्लाको छत्रेश्वरी गाउँपालिका –४ भेरीखोरका चार बालबालिकाको जिम्मा एस.ओ. एस. बालग्रामले लिएको हो ।
१२ वर्षीया अमृता वली, ११ वर्षीय मोहन वली, ८ वर्षीय तिलक वली र ५ वर्षीया जानकी वलीलाई पठनपाठन सहितको जिम्मा उक्त संस्थाले लिएको हो ।
आमा बुवाको मृत्यु भएपछि काका नाता पर्ने खिम बहादुर वलीको आश्रयमा बस्दै आइरहेका थिए । प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षको समन्वयमा ती बालबालिकालाई भैरहवा पठाइएको वडाध्यक्ष नेव बहादुर खड्काले बताए ।
आमा बुवा गुमाएका बालबालिकालाई पारिवारिक वातावरणमा स्याहा सुशार गर्ने एस.ओ. एस. बालग्राम भैरहवाका प्रमुख गोविन्द प्रसाद ढकालले बताए ।
बालबालिकाको पिसिआर र गाडी भाडाको व्यवस्था वडा सदस्य प्रेम बहादुर खत्री, गाउँपालिकाका कर्मचारी नविन चन्द र बालबालिकाको हालसम्म संरक्षण गर्ने अभिभावक खिम बहादुर वलीको टोली भैरहवा पुगी संस्थालाई जिम्मा लगाएको वडाध्यक्ष खड्काले बताए ।





.jpg)