ट्रेण्डिङ

होमपेज / समाज

तुलसीपुरमा रोकिराखेको बसमा आगजनी

  सल्यान खबर डेस्क २०७८ श्रावण ११ गते सोमबार ११:५४:२५ मा प्रकाशित

 दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित रानीघाट खोला नजिक रोकिराखेको एक बसमा अज्ञात समूहले आगजनी गरेको छ ।

घोराही–तुलसीपुर सडकखण्डमा रा १ ख १८९२ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो ।

बसमा गएराति साढे १ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिए । प्रहरीले राति नै आगो नियन्त्रणमा लिएको थियो ।

आगजनी गर्ने व्यक्तिको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top