होमपेज / समाज
साउन ९,सल्यान
कृषि विकास कार्यालय सल्यान कर्णाली प्रदेशकै उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशले निर्धारण गरेका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरेको र अन्य जिल्लाको भन्दा उत्कृष्काट कार्य सम्पादन गरेकोले प्रदेशकै उत्कृष्ट जिल्ला भएको हो ।
कार्यालयलाई सुर्खेतमा भएको प्रदेश स्तरिय समिक्षा गोष्ठीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले
प्रसंसा प्रत्रले सम्मान गरेका छन् ।
कार्यालयका प्रमुख महेश आचार्यले किसान र कार्यालयका कर्मचारीको सक्रियताले प्रदेशमै उत्कृष्ट कार्य सम्पादन गर्न सफल भएको बताए । कोरोना महामारीको बिचमा पनि कार्यालयले 76 प्रतिशत वित्तिय प्रगति गरेको छ ।





.jpg)