ट्रेण्डिङ

होमपेज / समाज

निहित स्वार्थ पुरा गर्न प्रधानाध्यापक हटाएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनको ध्यानाकर्षण

  सल्यान खबर डेस्क २०७८ श्रावण ८ गते शुक्रबार १८:०१:२६ मा प्रकाशित

साउन ८,सल्यान 
विगत चार वर्ष देखि प्रधानाध्यापकको जिम्मेवारी समालेकी गंगा गिरीलाई पद मुक्त गरिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

लक्ष्मी माध्यमिक विद्यालय शारदा नगरपालिका १३ स्यानीखालको प्र.अको गंगा गिरीलाई हटाई अर्को प.अ. को जिम्मेवारी दिएको प्रति आफ्नो संगठनको गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ ।

 विज्ञप्तीमा २०७८ असार २ मा शोही विद्यालयमा कार्यरत शिक्षक जितेन्द्र मण्डललाई जेष्ठताका आधारमा प्रधानाध्यापकको जिम्मेवारी मैले पाउनु पर्ने हो भन्ने व्यहोराको ठाडो निवेदन दर्ता गर्न लगाई शोही निवदेनका आधारमा शारदा नगरपालिका ( शिक्षा, युवा तथा खेलकुद शाखा) को शिक्षा समितिको मिति २०७८ असार ७ गतेको निर्णयानुसार शिक्षा नियमावली ९७(२) मा उल्लेख भएको व्यवस्था भनि करिब ४ वर्षदेखि कार्यरत प्र.अं गंगा गिरीलाई पद मुक्त गरी जितेन्द्र मण्डललाई प्र.अ. को जिम्मेवारी दिएको उल्लेख गरिएको छ । 

शिक्षा ऐन २०२८ (शंसोधन सहित) शिक्षा नियमावली २०५९ ( शंसोधन सहितं दफा ९३(२) मा प्रक्रियागत प्र.अ. सम्बन्धि व्यवस्था गर्ने कार्य विद्यालय व्यवस्थापन समितिमा रहेकोले उक्त कार्य नगर शिक्षा समितिको क्षेत्राधिकार भित्र नपर्ने उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top