ट्रेण्डिङ

होमपेज / समाज

फ्रीजी लाइफ अस्ट्रेलिया सस्थाद्धारा सल्यानका विपन्न समुदायलाई राहत वितरण

  सल्यान खबर डेस्क २०७८ श्रावण ८ गते शुक्रबार १७:२०:३९ मा प्रकाशित

इन्द्र बुढाथोकी साउन ८ सल्यान ।

फ्रीजी लाइफ अस्ट्रेलिया संस्थाले सल्यानमा विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न १ र ६ का असहाय, अपांग, एकल महिला र न्यून आय भएका ५० घरपरविारलालाई राहत वितरण गरिएको हो ।
 राहतमा २५ किलो चामल, १ पोका नुन, १ पाकेट स्वयाविन र १ किलो दाल रहेको छ  ।  बनगाड कुपिण्डे नगरपालकिा १ न वडा अध्यक्ष शान्त कुमार यरी र सस्थाका प्रतिनिधिले  सयुक्त रुपमा राहत  वितरण गरेका हुन ।  वडा अध्यक्ष यरी विपत्तिकोसमयमा आएर सहयोग गरेकोमा सस्थालाई धन्यवाद दिए । उनले भने गत वर्ष आफ्नो नगरपालिकामा यसरी नै राहत वतिरण गरिएको थियो यो वर्ष सहयोगमा गरेकोमा संस्थालाई धेरै धेरै धन्यवाद । 

कोरोना भाइरसका कारण काम गर्न नपाएर पिडित भएका परिवारलाई राहत प्रदान सस्थाका प्रतनिधि छिरिङ लामा शेर्पाले बताए । उनले कोरोनाका कारण लकडाउनको समयमा साँझ बिहानको छाक टार्न गाह्रो भएकोलाई राहत वितरण  गरिएको बताए । सस्थाले कर्णाली प्रदेशको सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिम  सहित नेपालका ३० जिल्लाका ५० घरपरिवारका दरले वितरण गरेको शेर्पाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top