होमपेज / समाज
साउन ७,सल्यान
सल्यान जिल्ला अस्पतालमा रहेकी सुत्केरीको फोक्सोमा समस्या आएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । महोत्तरी जिल्ला सोनाम गाउँपालिका – १ घर भई हाल सल्यान शारदा नगरपालिका २ बस्दै आइरहेकी २१ वर्षीया अर्चना यादवको हेलिकप्टरबाट उद्धार गरि सुर्खेत लगिएको छ ।
इमरजेन्सी शल्यक्रियाबाट बच्चा डेलिभरी गरेको दुई दिन पछि अचानक अक्सिजन कम नै अप्रेशन पछिको जटिलता वा फोक्सोको रोग हुन सक्ने भएकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको सल्यान जिल्ला अस्पताल सल्यानका डा. भीमकान्त जैसीले बताए ।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेको गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार सम्बन्धि कार्यविधि २०७५ अनुसार कर्णाली प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको उनको भनाई छ ।





.jpg)