ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा छुट्टा छुट्टै घटनामा दुईको मृत्यु

  सल्यान खबर डेस्क २०७८ श्रावण ६ गते बुधबार १४:३६:५६ मा प्रकाशित

साउन ६,सल्यान 
सल्यानमा भएका छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा भएको घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिका –५ मा दुई बालकको आपसी झगडा गरी हानाहान गर्दा १३ वर्षीय सन्दिप परियारको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ । 
मंगलबार साँझ ८ बजेतिर एक आपसमा झगडा गर्ने क्रममा १२ वर्षीय बालकले जुत्ता सिलाउने सियोले बाँया कानको माथि हाइनी घाइते बनाई मेडिकल कजेल कोहलपुरमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । 

यस्तै कालिमाटी गाउँपालिका – ३ रामपुरमा रोकी राखेको टिप्परको टायर फेर्ने क्रममा गाडीमा लगाएको जग भासिदा सहचालकको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कालिमाटी गाउँपालिका –२ सिमलकुनाका अन्दाजी १९ वर्षीय ज्ञान बहादुर ओली रहेको सूचना अधिकारी पौडेलले बताए । घटनाको थप अनुसन्धान भइरहेको पौडेलको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top