ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका विपन्न परिवारलाई सोलार वितरण

  सल्यान खबर डेस्क २०७८ श्रावण २ गते शनिबार २०:२८:१६ मा प्रकाशित

इन्द्र बुढाथोकी, साउन २,सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिका –४ का ३९ विपन्न घरपरिवारलाई सोलार वितरण गरिएको छ । विद्युतको पहुँचबाट बञ्चित विपन्न समुदायलाई शनिबार सोलनार वितरण गरिएको हो । 

विद्युतको पहुँचबाट बञ्चित र आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायलाई सोलार वितरण गरिएको पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला आयोजना समन्वय ईकाइ सल्यानले जनाएको छ ।

बत्ती नभएर अँध्यारो जीविका चलाउँदै आएका विपन्न समुदायको समस्यालाई ध्यानमा राखी ३९ घरपरिवारलाई सोलार वितरण गरिएको जिल्ला आयोजना समन्वय ईकाइ सल्यानका प्रमुख चुडामणि खतिवडाले बताए । प्रतिघरधुरी १४ हजारका दरले ५० वाटको सोलार वितरण गरिएको उनको भनाई छ । आशा परियोजनाको ५लाख ४६ अनुदान र प्रतिघर १ हजार ३ सय लगानी रहेको खतिवडाको भनाई छ । 

सोलार बत्ती पाएपछि वडाका नागरिक निकै खुशी भएको वडाध्यक्ष मोमत रोकाले बताए । ८० घरपरिवारका लागि सोलार माग भए अनुसार आर्थिक व्यवस्थापन हुन नसक्दा पहिलो चरणमा ३९ घर र बाँकी अन्य घरपरिवारलाई पनि वितरण गरिने उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top