ट्रेण्डिङ

होमपेज / समाज

होली, जात्रा, मेला, महोत्सव गर्न प्रशासनको रोक

  सल्यान खबर डेस्क २०७६ फाल्गुण २४ गते शनिबार ०७:५५:३४ मा प्रकाशित

फागुन २४, सल्यान 
विश्वका विभिन्न देशमा फैलिएको कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै भीडभाड गर्न र भीडभाडमा नजान जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।
 नेपाल छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै प्रशासनले  होली, जात्रा, मेला तथा महोत्सव गर्न रोक लगाएको हो  । 
जिल्ला प्रशासन कार्यालय सल्यानले शुक्रबार सूचना जारी गर्दै संक्रमणबाट जोगिन भीडभाडमा नजान, भेला सम्मेलन जस्ता कार्यक्रम नगर्न तथा आवश्यक सजकता अपनाउन आग्रह गरेको छ । 
भाइरसबाट जोगिन होली लगायतका पर्व, जात्रा, मेला, महोत्सव, भेला सम्मेलनको आयोजना नर्गन नगराउनु हुन साथै यस्ता कार्यक्रममा सहभागि नुहन जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top