ट्रेण्डिङ

होमपेज / समाज

कार्यालयमा भएको घटनाको विषयलाई लिएर भएका टिकाटिप्पणी प्रति ध्यानाकषर्ण भएको छः सिद्ध कुमाख गाउँपालिका

  सल्यान खबर डेस्क २०७८ श्रावण १ गते शुक्रबार १९:१६:१४ मा प्रकाशित

साउन १,सल्यान 
सिद्ध कुमाख गाउँपालिकाको कार्यालयमा भएको घटनाको विषयलाई लिएर भएका टिकाटिप्पणी प्रति आफ्नो गम्भिर ध्यानाकषर्ण भएको गाउँपालिकाले जनाएको छ । 
शुक्रबार एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमा केही व्यक्तिहरु किटान गरी गाउँपालिकाको लेटरप्याडमा आएको विज्ञप्ती गाउँपालिकाको आधिकारिक नभएको समेत जनाएको छ । 

साथै शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठ्कले पिडितलाई न्याय दिलाउने गरी दुवै पक्षलाई राखी छलफल गर्ने निर्णय समेत गरेको गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने र प्रमुख प्रशासकीय अधिकृत मार्सल कुमार ओलीद्धारा जारी संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा उत्तेजित व्यवहार कसैले पनि नगर्नुहुन र सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्न आग्रह समेत गरिएको छ । 

बिहीबार गाउँपालिकाको लेटरप्याडमा कर्मचारीमाथि कुटपिट गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दैै विज्ञप्ती आएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top