होमपेज / समाज
साउन १,सल्यान
कर्मचारी कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न सिद्ध कुमाख गाउँपालिकाका कर्मचारीले माग गरेका छन् । बिहीबार कर्मचारीले सयूँक्त विज्ञप्ती जारी गर्दै २९ गते कर्मचारीमाथि हातपात गर्ने व्यक्तिलाई कारवाहीको माग गरेका छन ।
असार २९ गते करिब १० बजेतिर वडा न २ को महेन्द्र आधारभूत विद्यालय फिल्ड निमार्ण उपभोक्ता समिति र वडा न २ मा रहेको खर्केडाँडा मेलचौर पारिवन सडक निमार्णको जिम्मा पाएको एस.सी निमार्ण सेवाका व्यक्तिहरुको समूहले योजनाको मूल्यांकन कम गरिदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत मार्सल कुमार ओली र इन्जिनियर प्रविण बस्नेत कहाँ छ भनि खोज्दै आएको र सुरुमै प्रविण भन्ने तै होस भनि कृषि प्राविधिक चन्द्र बहादुर केसीलाई कुटपिट गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा उक्त समूहले गाउँपालिकाको कार्यालय भित्र पसि प्रत्येक कोठामा पुगी प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरलाई खोजतलास गर्नुका साथै लेखा शाखामा रहेका महत्वपूर्ण कागजात जथाभावी फालेको उल्लेख छ । कर्मचारीमाथि हातपात गर्ने व्यक्तिलाई कारवाही र शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।






.jpg)