होमपेज / समाज
इन्द्र बुढाथोकी साउन १,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका कर्मचारीहरु आन्दोलित बनेका छन् । छ महिना देखि तलव भत्ता नपाएको भन्दै करार कर्मचारीहरु आन्दोलित भएका हुन ।
सरकारको निति र पत्र अनुरुप ६ महिना अघि नगरपालिकाको कार्यपालिका बैठकले करार कर्मचारीलाई निति विपरित तलव खुलाउन नसकिने भनेर निर्णय गरेको थियो । तर तलव खुवाउन नसकिने विषयको परिपत्र कर्मचारीलाई नदिएको आन्दोलनकारीको भनाई छ ।
करार कर्मचारीले विगत गाविस हुँदा देखि नै वडा धानिरहेको भएपनि अहिले आएर नगरका करार कर्मचारीलाई घर न घाटको बनाएको करार कर्मचारी आन्दोलन समितिका संयोजक डिल्ली विकले बताए । नगरले कार्यविधि वनाएर वेरोजगारलाइ रोजगार बनाउने ल्याएको भएपनि रोजगारलाई समेत स्थानीय तहले वेरोगार वनाउन लागेको बताए । उनले भने गाविस हुँदा देखि सलेपाको रुपमा काम गरिरहेको र अहिले आएर नगरपालिकाले सामाजिक परिचालन भनेर नियुक्ति गरेको छ ।
आफुहँरुको जागिर सुनिश्चित गरिदिन बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुनलाई पटक पटक ध्यानाकर्षण पत्र समेत पेश गरेको संघर्ष समितिका संयोजक विकको भनाइ रहेको छ ।
यता नगर प्रमुख गोविन्द कुमार पुनले भने कामकाज गरिरहेको कुनै माध्यम बाट भए पनि तलबको व्यवस्थापन गर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत मनोज रेग्मीले भने अक्तियारबाट र सामान्य प्रशासनबाट प्रशासनिक दरबन्दी बाहेक अन्य दरबन्दी कर्मचारी नराख्न पत्र पठाएको र त्यस अनुसार नगर कार्यापालिकाको बैठक नराख्ने निर्णय गरेको बताए । आफूँ नगरमा आउनु भन्दा पहिला नै नगर सभाबाट निर्णय अनुमोदन गरिसकेकोले कर्मचारी तलब खुवाउन समस्या भएको उनको भनाइ रहेको छ ।





.jpg)