होमपेज / समाज
असार ३०,सल्यान
सल्यानको सिद्ध कुमाख गाउँपालिकामा ठेकेदार र उपभोक्ता समिति मिलेर कर्मचारीमाथी कुटपिट गरेका छन । उपभोक्ता समितिहरुले गाउँपालिकाका कृषि प्राविधिक चन्द्रबहादुर केसीलाई योजना निर्माणको जिम्मा लिएका ठेकेदार र उपभोक्ता समितिले कुटपिट गरेका हुन ।
मंगलबार साँझ वडा नम्बर ३ स्थिति गाउँपालिकाको कार्यालय नजिकै रहेको होटलमा खाना खाइरहेको समयमा कृषि प्राविधिक केसीलाई हानेर घाइते बनाएका छन ।
गाउँपालिकाका इन्जिनियर प्रविन बस्नेतलाई ठानेर उनिहरुले कृषि प्राविधिक केसीलाई कुटेका हुन । वडा नम्बर १ मा मेलचौर पारिवन सडक निर्माणको जिम्मा लिएकोसञ्चालकहरु र वडा नम्बर २ मा एक विद्यालयको फिल्ड निर्माणका उपभोक्ता समितिका व्यक्तिहरुले कुटपिट गरेका हुन । कामको मूल्यांकन घटाएको भन्दै इन्जिनियर बस्नेतलाई कुटन खोजदै आएको र बस्नेत ठानेर आफूूँलाई कुटपिट गरेको घाइते चन्द्र बहादुर केसीले बताए ।
दाङ्ग तुलसीपुरमा चेकजाँच गर्दा कानको जाली फुटेको बताए पछि थप उपचारको लागि नेपालगञ्ज गएको उनले बताए ।
कुटपिट गर्ने र पिडित सहित बसेर उपचारमा लाग्ने खर्च व्यहोर्ने सहमति भएको गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताए । आउँदा दिनमा यस प्रकारका घटना नदोहो¥याउने सर्त सहित सहमति भएको उनको भनाई छ ।





.jpg)