ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बढी भाडा लिने सवारी साधन कारवाहीमा

  सल्यान खबर डेस्क २०७८ असार ३० गते बुधबार १८:५०:४९ मा प्रकाशित

असार ३०,सल्यान 
जिल्ला प्रहरी कार्यालय सल्यानले तोकिएको दरभन्दा बढी भाडा लिने, सवारी कागजात नभएका र क्षामता भन्दा बढी यात्रु बोकेका सवारी साधनलाई कारवाही गरेको छ ।

 सवारी साधनहरुले बढी भाडा लिएको जनगुनासो आउन थालेपछि चेकजाँजका क्रममा १० वटा सवारी साधनलाई नियन्त्रणमा लिइ कारवाही  गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

तोकिएको दर भन्दा बढी भाडा असुली गर्ने, सवारी कागजात नभएका र क्षामता भन्दा बढी यात्रु बोक्ने ३ वटा बस, २ वटा जिप, १ भ्यान र ४ वटा अटोलाई कारवाही गरिउको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए ।  जिल्लामा सञ्चालन भइरहेका सवारी साधनले बढी भाडा लिने गरेको गुनासो बढेपछि चेकजाँचलाई कडाई गरिएको उनको भनाई छ । 

सवारी साधनले तोकिएको भाडा दर भन्दा बढी भाडा लिएमा जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुम १००, सूचना अधिकारीसँग सम्पर्क गरी जानकारी गराउन पनि उनले सबै यात्रुलाई आग्रह गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top