ट्रेण्डिङ

होमपेज / समाज

भाडा वृद्धिको माग गर्दै सल्यानका अटो व्यवसायी आन्दोलित

  सल्यान खबर डेस्क २०७८ असार ३० गते बुधबार १६:३९:२९ मा प्रकाशित

असार ३०,सल्यान 
भाडा वृद्धिको माग गर्दै सल्यानका अटो व्यवसायीहरु आन्दोलित भएका छन् । पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै अटो व्यवसायीहरुले भाडा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका हुन । 

दुई वर्ष अघि ९६ रुपैयाँ लिटर पेट्रोलियम पदार्थ हुँदा ६० रुपैयाँ रहेको श्रीनगर खलंगाको भाडा रहेको तर अहिले १ सय ३३ रुपैयाँ लिटर पेट्रोलियम पदार्थ पुगेको र पुरानै भाडामा यात्रु बोक्न नसकिने सल्यान यातायात सेवा प्रा.लि.का अध्यक्ष लोक बहादुर खत्रीले बताए । 
पेट्रोलियम पदार्थको मूल्य बढेपछि अटो व्यवसायीले ६० बाट ८० रुपैयाँ भाडा बढाउँदा प्रशासनले रोक लगाएको खत्रीले बताए । बढी भाडा असुली गरेको आरोपमा केही अटोलाई प्रशासनले नियन्त्रणमा लिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनको भनाई छ ।

 भाडा बढाउने विषयमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र शारदा नगरपालिकामा पटक पटक धाउँदा पनि कुनै सुनुवाई नभएको खत्रीले बताए । 
भाडा वृद्धि र बढी भाडा लिएको अनि नियन्त्रणमा लिएका अटो नछोडेसम्म कुनै पनि अटो सञ्चालन नगर्ने अटो व्यवसायीहरुको भनाई छ । जिल्लामा सल्यान यातायात सेवा प्रा.लि. आर. एस यातायात सेवा प्रालि. शिव गुफा यातायात प्रा.लिमा  झन्डै ८० भन्दा बढी अटो रहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top