ट्रेण्डिङ

होमपेज / समाज

सल्यान कालिमाटीमा जेष्ठ नागरिकलाई सम्मान

  सल्यान खबर डेस्क २०७८ असार २१ गते सोमबार १४:५९:३५ मा प्रकाशित

असार २१,सल्यान 
सल्यान कालिमाटी गाउँपालिका – २ का ८० वर्ष उमेर माथिका जेष्ठनागरिकलाई सम्मान गरिएको छ । गाउँपालिका स्तरिय जेष्ट नागरिक सम्मान कार्यक्रम अन्र्तगत वडा नम्बर २ का सात जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । 

वडाका ८० वर्ष उमेर माथिका १ पुरुष र ६ महिलालाई सम्मान गरिएको वडाध्यक्ष  विर बहादुर वलीले बताए । ७ जेष्ठ नागरिकलाई यातायात खर्च, एक एकवटा छाता र दोसल्ला ओडाई सम्मान गरिएको उनको भनाई छ । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जेष्ठ नागरिकको अनुभवलाई समाज रुपान्तरणमा प्रयोग गर्ने भन्दै मुलुक परिवर्तनमा जेष्ठ नागरिकले खेलेको भूमिका अतुलनिय रहेको बताए । जेष्ठ नागरिकले देखाएका बाटोमा आफूँहरु सधै हिडि रहने बताउँदै अध्यक्ष केसीले समाजका सबै पक्ष एक भएर विकास र समृद्धिको यात्रामा अघि बढ्नु पर्नेमा जोड दिए । सम्मानित भएपछि जेष्ठ नागरिकहरु पनि खुसी भएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top