होमपेज / समाज
असार १७,सल्यान
कोरोना नियन्त्रणमा नआएको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानका निषेधाज्ञा थप गर्दै आइरहेको छ । तर किसानहरु भने कोरोना छल्दै रोपाईमा व्यस्त हुन थालेका छन् ।
कोरोनाको त्रास भएपनि वर्षभरी खाने अन्न उत्पादन गर्ने समय भएकाले कोरोनाको जोखिमलाई छोडेर सल्यानका किसानहरु खेतबारीमै व्यस्त हुने गरेका छन् ।
कोरोना संक्रमणको जोखिमका बिचमा पनि धान रोपाइमा व्यस्त भइरहेको शारदा नगरपालिका वडा न ६ का जीत बहादुर बुढाथोकीले बताए । उनले भने ‘कोरोनाको त डर लाग्छ । तर पनि घरभित्रै बसेर सम्भव नभएकाले अलि टाढा टाढा बसेर रोपाई थालेका छौं ।’
निषेधाज्ञा र कोभिड १९ महामारीको मनभरिको त्रासलाई थन्क्याउँदै खेतमा व्यस्त हुँदै आइरहेको अर्का किसान लाल बहादुर बुढाथोकीले बताए । अहिले जतासुकै कोरोनाको डर छ । त्यसैले सानो सानो समूह बनाएर रोप्न थालेको उनको भनाई छ । धान रोप्न आफूँहरु पनि अर्को गाउँमा नजाने र अरुलाई पनि नबोलाउने गरेको बुढाथोकीको भनाई छ । उनले भने ‘मानो रोपेर मुरी फलाउने बेलामा मनसुन भित्रिएको छ , धान रोपाइँ बेलैममा सक्न पाए धान राम्रो फल्ला कि भन्ने आशा छ , कोरोनाले किसानको यो पर्वलाई कहाँ छेक्न सक्छ र ।’
यो वर्ष समयमै अनसुन सक्रिय भएकाले जिल्लामा झन्डै ७५ प्रतिशत धान रोपाइँ सकिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । जिल्लाममा ७ हजार ७८ हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती हुँदै आइरहेको कार्यालय प्रमुख महेश आचार्यले बताए ।





.jpg)