होमपेज / समाज
असार १७,सल्यान
रोजगारीको शिलशिलामा भारतमा गएका एक नेपालीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यान बनगाड कुपिण्डे नगरपालिका ७ भीम बहादुर वि.क रहेका छन् । भारतको गुजरात राजकोटमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको उनका साथी मनोज मधुरले जानकारी दिए । दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका ६ भलखर्कका २१ वर्षीय खिम बहादुर वि.क., वडा न ६ कै २६ वर्षीय प्रकाश केसी घाइते भएका छन् ।
तीन जना एउटै मोटरसाइकलनम बसी तिब्र गतिमा चलाउँदा दुर्घटना भएको बताइएको छ । घाइते दुई जनाको गुजरात राजकोटको एक सरकारी सिभिल अस्पतालमा उपचार भइरहेको मधुरले बताए । मृत्तक वि.क विगत तीन वर्षदेखि भारतमा काम गर्दै आइरहेका थिए ।





.jpg)