ट्रेण्डिङ

होमपेज / समाज

राप्ती राजमार्ग अन्तरगत सल्यान दाङ सडकखण्डको लाहुरेचौरमा बस दुर्घटना , १० जना घाइते

  सल्यान खबर डेस्क २०७८ असार १५ गते मंगलबार २०:३५:३९ मा प्रकाशित

असार १५,सल्यान 
राप्ती राजमार्ग अन्तरगत  सल्यान दाङ सडकखण्डको दाङ तुलसीपुर उपमहानगरपालिका ३ लाहुरेचौरमा बस दुर्घटना भएको छ । सल्यानबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २४३९ न बस मंगलबार साँझ दुर्घटना हुँदा १० जना घाइते भएका छन । 

५० जना यात्रु सवार रहेको बस सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइते हुँनेहरुमा सल्यान शारदा नगरपालिका २ बस्ने १९ वर्षीय अंकित वली, वडा न २ कै १३ वर्षीय तुलसाराज जिएम, छत्रेश्वरी गाउँपालिका २ बस्ने २० वर्षीय अर्जुन नेपाली, शोही ठाँउका वृद्धिमान पुन, दार्मा गाउँपालिका वडा न ३ का ५९ वर्षीय हस्त बुढाथोकी, छत्रेश्वरी गाउँपालिकाकी २५ वर्षीया जुनु योगी रहेका छन । 

 यस्तै बाँके फत्तेपुर ६ का ४ वर्षीया जुनिसा नेपाली, शोही ठाउँका २४ वर्षीया शारदा नेपाली, र तुलसीपुर उपमहानगरपालिका ५ रानीजरा बस्नेत ३१ वर्षीया पार्वती केसी रहेको  अस्थाई ट्राफिक चौकीका प्रहरी जवान महेश खड्काले जानकारी दिए ।  

घाइतेहरु सबै काेअञ्चल अस्पाल तुलसीपुरमा उपचार भई रहेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अन्य यात्रुहरु भने सामान्य रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top