होमपेज / समाज
असार ९,सल्यान
जंगलमा घुमन्ते जीवन बिताउँने राउटे समुदाय झन्डै दश वर्ष पछि सल्यान आएका छन् । विगतमा सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे दश वर्ष पछि पुनः सल्यान फर्किएका हुन ।
सुर्खेतको गुर्भाकोट नगरपालिका ११ भेरी नदि किनारमा बस्दै आएका राउटे समुदाय मंगलबार कालीमाटी गाउँपालिका ५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेका हुन । नेपालमा अन्तिम घुमन्ते जाति मध्येको एक राउटे पश्चिम नेपालका विभिन्न जंगलमाहरुमा बसोबास गर्दै आइरहेका छन् ।
लोपोन्मुख अवस्थामा रहेको राउटे समुदाय करिब अहिले १ सय ५० जना मात्र रहेका छन् । कृषि उद्यम नगर्ने घुमन्ते राउटेहरु अन्य गाउँबस्तीका मानिसहरुसँग बस्तु विनिमय गरेर आफ्नो लागि अन्नको जोहो गर्ने गर्दछन् । जंगलमा बसोबस गर्ने राउटेहरु पछिल्लो समय भने गाउँबस्ती नजिक बस्न थालेका छन् । जसले गर्दा अन्य समुदायबाट दुरव्यवहारको शिकार बन्दै गएका छन् ।
राउटेहरु विशेषगरी आफैले बनाएका काठका भाँडाकुडा प्रयोग गर्ने गर्दछन् । उनीहरुको बिहेवारी लगायतका सबै सामाजिक व्यवहार आफ्नै समुदाय भित्र नै हुने गर्दछ ।






.jpg)