होमपेज / समाज
असार ६,सल्यान
त्रिवेणी गाउँपालिका सल्यानले किसानहरुलाई निःशुल्क विभिन्न जातका घाँसका विरुवा वितरण गरेको छ ।
घाँसमा आधारित पशुपालन गरी उत्पादन लागत कम गर्ने उद्देश्यका साथ गाउँपालिका भित्रका किसानहरुलाई विभिन्न जातका घाँसका बेर्ना वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
पशु सेवा शाखाका अनुसार १ सय २९ कृषकलाई १२ हजार सेट्स सुपर नेपियर, १५ हजार सेट्स मुलाटो, ५ हजार सेटेरिया र ३ हजार ५ सय किम्बुका बेर्ना निःशुल्क वितरण गरिएको हो । आफ्नै पालिका भिबका स्रोत केन्द्रले उत्पादन गरेका घाँसका बेर्ना किसानहरुलाई वितरण गरिएको शाखा प्रमुख बसन्त रावतले जानकारी दिए । पशुपालन तर्फ कृषकलाई आकर्षक गर्ने उद्देश्यले घाँसका विरुवा वितरण गरिएको उनको भनाई छ ।
कुनै पालिका वा फार्मलाई बर्खे घाँसको बेर्ना तथा सेट्स आवश्यक परे सम्पर्क गर्न समेत उनले बताए ।
.jpg)






.jpg)