ट्रेण्डिङ

होमपेज / समाज

पाँच दिन पछि खुल्यो राप्ती राजमार्ग

  सल्यान खबर डेस्क २०७८ असार ६ गते आइतबार १५:१२:२४ मा प्रकाशित

असार ६,सल्यान 
पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग एक हप्ता पछि खुलेको छ । 

दाङ – सल्यान सडकखण्ड अन्तरगत कपुरकोट गाउँपालिका ३ दसरे लगायतका स्थानमा पहिरो आएपछि अवरुद्ध बनेको सडक पाँच दिनपछि शनिबार साँझबाट सुचारु भएको हो । 

असार १ गतेदेखि अवरुद्ध बनेको सडक शनिबार साँझबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दसरे आसपासमा ठुलो ढुंगासँगै पहिरो जाँदा सडक अवरुद्ध हुँदै आइरहेको सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक राम प्रसाद श्रेष्ठले जानकारी दिए ।

 सडक अवरुद्ध हुँदा धेरै मालबहाक गाडीहरु बिचबाटोमै अलपत्र परेका थिए । पहिराले बाटोमा रोकिएका चार वटा गाडीमा समेत पहिरोले क्षति पु¥याएको थियो । सडक अवरुद्ध हुँदा दाङ, सल्यान, रुकुम पश्चिम, रुकुम पुर्व र रोल्पासम्मको यातायात अवरुद्ध भएको थियो । 

यस्तै अविरल वर्षाले जिल्लाका अवरुद्ध दर्जन बढी ग्रामीण सडकहरु पनि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top