ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा एक हप्ता देखि मृतकका आफन्तले शव बुझेनन्

  सल्यान खबर डेस्क २०७८ असार ५ गते शनिबार १४:१६:५७ मा प्रकाशित

असार ५,सल्यान 
असार १ गते खोलामा मृत फेला परेकी दार्मा गाउँपालिका ५ की २९ वर्षीया खिमा खड्काको परिवारले सल्यान जिल्ला अस्पताल सल्यानमा रहेको शव बुझ्न मानेका छैनन् ।

 मृतकका आफन्तले परीक्षण भएको पाँच दिन पुगी सक्दा पनि शव बुझ्न नमानेका हुन । गत जेठ ३१ गते बेलुका देखि सम्पर्क बिहान भएकी उनी असार १ गते दार्मा गाउँपालिका  स्थित ठुला खोलामा मृत्त फेला परेकी थिइन । 

खड्कालाई खोलाले बगाएको नभई हत्या भएको र हत्याको सत्य तथ्य छानबिन र दोषीलाई कारबाही नहुँदासम्म शव नबुझ्ने मृतकका बुवा गणेश बहादुर खत्रीले बताए ।  सुनियोयजित ढंगले हत्या  गरेर खोलामा फालिएको भन्दै सत्यतथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने मृतकका श्रीमान् खिम बहादुर खड्काको भनाई छ । खोलाले बगाएको भनिएता पनि महिलाको हत्या गरेर खोलामा फालिएको आफन्तको भनाई छ । हत्याराको पहिचान गरी कानुनको कठघरामा नल्याएसम्म शव नबुझ्ने श्रीमान खड्काको भनाई छ । 

मृतक खड्काको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।आफन्तले शव बुझ्न मान्नु भएको छैन हामी गहिरो अनुसन्धानमा छौ थापाले भने । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top