ट्रेण्डिङ

होमपेज / समाज

निमार्ण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आएन सल्यान कालिमाटीमा टेलिकमको टावर

  सल्यान खबर डेस्क २०७८ असार ४ गते शुक्रबार १३:३७:५७ मा प्रकाशित

असार ४,सल्यान 
जिल्लाको कालीमाटी गाउँपालिका ५ सिम्लेमा निर्माणाधीन नेपाल टेलिकमको टावर निमार्णको काममा चरम ढिलासुस्ती भएको छ ।

सिम्ले तथा आसपासमा एनटीसी फोनको सेवा विस्तारका लागि टेलिकमले निमार्ण सुरु गरेको टावर खडा गरेको १ वर्ष भन्दा बढी भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । 

एक वर्ष अघि नै टावर ठड्याउने काम भएपनि अन्य उपकरण जडानका काम हुन नसकेको कालीमाटी गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीे बताए ।  टावर निमार्णमा ढिलाइ हुँदा स्थानीय सञ्चार सेवाबाट बञ्चित भएको उनको भनाई छ । 

सरोकारवाला निकायलाई पटक पटक कुरा गर्दा पनि कुनै सुनुवाई भएको खत्रीले बताए । उनले भने ‘दुरदराजका जनप्रतिनिधि र नागरिकको आवाज सुन्ने र यस क्षेत्रका नागरिकको सुविधा पाउन अँझै नेपालमा कस्तो खालको आन्दोलन तथा क्रान्ति गर्नु पर्ने हो ?’ 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top