होमपेज / समाज
असार ३,सल्यान
जिल्लाको शारदा नगरपालिका ६ मा शारदा नदी बिचको टापुमा फसेका १२ जनाको उद्धार गरिएको छ । शारदा नदीको बिचमा रहेको खेतमा धान रोप्न गएका १२ किसानहरुलाई उद्धार गरिएको हो ।
अविरल वर्षापछि शारदा नदीको बहाव अत्याधिक बढ्दा टापुमा रहेको खेतमै किसानहरु अलपत्र परेका थिए । अलपत्र परेका १२ जनाको नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको सबुज गण सिमखर्कका गणपती कञ्चन बस्नेतले जानकारी दिए ।
तीन दिनदेखि अविरल वर्षा हुँदा शारदा नदी लगायत अन्य खोलाहरुमा पानीको बहाव अत्याधिक बढेको छ ।





.jpg)