ट्रेण्डिङ

होमपेज / समाज

तीन दिनदेखि राप्ती राजमार्ग अवरुद्ध, कपुरकोट पहिरोले दुई गाडीमा क्षति

  सल्यान खबर डेस्क २०७८ असार ३ गते बिहीबार ०९:२३:४४ मा प्रकाशित

असार ३,सल्यान 
अविरल वर्षा पछि आएको पहिरोले दुई गाडीमा क्षति गरेको छ । राप्ती राजमार्ग अन्तरगत दाङ सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका ३ बसारे नजिकै आएको पहिराले दुई गाडीमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

पहिरोले त्रिवेणी गाउँपालिकाको रा १ ज १६२ न  एम्बुलेन्स र ना १ ख ८७८६ न. को टिप्परमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक राम प्रसाद श्रेष्ठले जानकारी दिए । मंगलबार गएको पहिरो देखि करिब  ५ सय मिटर पर आएको अर्को पहिरोले गाडीमा क्षति पु¥याएको उनको भनाई छ । 
अविरत वर्षाका कारण दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा बाटोमा रोकि राखेको अवस्थामा सडक माथिबाट ठुलो पहिरो आउँदा टिप्पर आधा पुरिएको छ भने एम्बुलेन्सको सिसा फुटेको उनको भनाई छ । निरन्तर पानी परि रहदा सडक खुलाउन समस्या भएको उनले बताए । मेसिन लगाएर सडक खुलाउने प्रयास भइरहे पनि पहिरो झरी रहेकाले समस्या भएको श्रेष्ठको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top