ट्रेण्डिङ

होमपेज / समाज

पहिरोले राप्ती राजमार्ग अन्तरगत दाङ -सल्यान सडक खण्ड अवरुद्ध

  सल्यान खबर डेस्क २०७८ असार २ गते बुधबार ०७:४५:२५ मा प्रकाशित

असार २,सल्यान 
अविरल वर्षापछि आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट ठूलो ढुङ्गासँगै पहिरो आएपछि दाङ – सल्यान सडकखण्ड अन्र्तगतको राप्ती राजमार्ग बुधबार साँझदेखि अवरुद्ध भएको हो । 

कपुरकोट गाउँपालिका ३ दसरेमा सडकमाथिबाट आएको पहिरोले सडक पुरिदा सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक राम प्रसाद श्रेष्ठले जानकारी दिए । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनको भनाई छ ।  सडक  बन्द  हुँदा ६० भन्दा बढी मालबाहक  गाडी जाममा  परेका  छन्  । 

बिहान देखि जेसिभि लगाएर पहिरो पन्छाउने काम भइरहेको श्रेष्ठको भनाई छ । सडक अवरुद्ध हुँदा दाङ्ग, सल्यान, रुकुम पुर्व, रुकुम पश्चिमको आवागन बन्द भएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top