होमपेज / समाज
असार १,सल्यान
अविरल वर्षाका कारण सल्यानका एक घर विस्तापित भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका ३ बसरीका शोबिर डाँगीको परिवार विस्तापित भएका हुन । वर्षाले घरमाथिबाट आएको पहिरोले घर जोखिममा परेपछि उक्त परिवार विस्तापित भएको हो ।
पहिरोले डाँगीको दाउरा राख्ने कटेरो र शौचालय बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । विस्तापित ५ जनाको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरी चौकी कपुरकोटका याम बहादुर बस्नेतले जानकारी दिए । सुरक्षित स्थानान्तरण गरिएको परिवारलाई दुई वटा त्रिपाल समेत हस्तान्तरण गरिएको उनको भनाई छ ।
यस्तै अविरल वर्षापछि आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । कपुरकोट बजार नजिकै सडक माथिबाट ठुलो ढुंगाका साथै पहिरो आउँदा दाङ सल्यान सडकखण्ड अन्र्तगतको राप्ती राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।





.jpg)