ट्रेण्डिङ

होमपेज / समाज

बाढीले बगाउँदा सल्यानमा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७८ असार १ गते मंगलबार १५:१६:२८ मा प्रकाशित

असार १,सल्यान 
सल्यानमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । 

जिल्लाको दार्मा गाउँपालिका ४ रतिखोलाका ४० वर्षीया विरमान वि.क. को लतात मसानघाट खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सोमबार साँझ खोला तर्ने क्रममा उनलाई बगाएको र उनको शव आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए । शव पोष्टर्माटमका लागि सल्यान अस्पताल ल्याइएको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top