ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको त्रिवणी गाउँपालिकामा सुनौलो हजार दिनका छ सय आमालाई कुखुरा वितरण

  सल्यान खबर डेस्क २०७८ जेठ ३१ गते सोमबार १८:०५:०२ मा प्रकाशित

जेठ ३१,सल्यान 
सल्यानको त्रिवेणी गाउँपालिकाले गर्भवती र सुत्केरी  छ सय आमालाई कुखुरा वितरण गरेको छ ।

 बहुक्षेत्रिय पोषण कार्यक्रम अन्र्तगत सुनौलो हजार दिन भित्रका ६ सय आमालाई  कुखुरा वितरण गरिएको हो । पोषणमा सुधार ल्याउने उद्देश्यका साथ सुनौलो हजार दिनका आमाहरुका लागि पाँच /पाँच वटाका दरले कुखुरा  वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिए । 

गर्भवती र सुत्केरी आमाहरु तथा बालबालिकाहरुलाई अण्डा खुवाउनु पोषणको महत्वपूर्ण तत्व भएकाले पोषणयुक्त खानेकुरामा ध्यान दिन सकुन भनेर कुखुरा वितरण गरिएको उनको भनाई छ । पालिका भित्रका ६ सय सुनौलो हजार दिनका आमाहरुलाई ३ हजार वटा ८ हप्ते न्यु हेम्पसायर र ब्ल्याक अस्टलोप जातका कुखुराको चल्ला वितरण गरिएको रावतको भनाई छ । 

बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ हजार दिन अर्थात जन्मिएको २ वर्षसम्म बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकाले उनीहरुकको वृद्धि विकासका लागि कुखुरा वितरण गरिएको उपाध्यक्ष करुणा खड्काले बताइन । खास गरेर आमा र बच्चा दुवैमा कुनै किसिमको कुपोषण देखा नपरोस् भन्ने गाउँपालिकाको लक्ष्य रहेको उनको भनाई छ ।

 चालु  आर्थिक वर्षको वार्षिक स्विकृत कार्यक्रम अनुसार पालिकाका १ देखि ६ सम्मका लक्षित समूहका आमाहरुलाई कुपोषण हुन नदिन तथा पोषणमा सुधार ल्याउन सबै वडाहरुमा कुखुरा वितरण गरिएको खड्काको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top