होमपेज / समाज
जेठ ३१,सल्यान
सल्यानको छत्रेश्वरी गाउँपालिका ४ जयचौरमा वर्षासँगै आएको बाढीले खेत बगरमा परिणत भएको छ । अविरल वर्षाले लंकिनी खोलामा आएको बाढीले खेत बगरमा परिणत भएको हो ।
बाढीले ६० रोपनी खेत बगाउनुका साथै एक बंगुर फर्म समेत पुरेको छ । अविरल वर्षापछि आएको बाढीले २० घरको खेत बगरमा परिणत भएको छत्रेश्वरी गाउँपालिका वडा न ४ का वडाध्यक्ष नेव बहादुर खड्काले जानकारी दिए । बाढीले रोपेको, रोप्न तयार भएको र व्याड समेत बगाएको उनको भनाई छ । खहरे खोलामा आएको बाढीले खेतमा रोपेको धानबाली पुरै नष्ट गरेको स्थानीय हरि वलीले जानकारी दिए । कोक्चा खोलामा आएको बाढीले सडकको सम्पूर्ण माटो खेतमा थुपारेको छ ।
बाढीले खेतमा लगाएको अन्न पुरिदिएको अर्का स्थानीय कमानसिहं कंवरले बताए । बाढीले खेतीयोग्य जमिन बगर बनाइदियो । त्यो बेला त ज्यान जोगाउन पनि मुस्किल प¥यो ।

अविरल वर्षाले ४ वटा बंगुर पुरि दिएको अर्का किसान विकास वलीको भनाई छ । अन्य बंगुर भागेर बाँच्न सफल भएपनि चार वटा भने बगे की पुरिए थाहा नभएको उनको भनाई छ । बाढी पिडितलाई उचित क्षतिपूर्तिका लागि गाउँपालिकामा मुचुल्का उठाएर पठाइएको वडाध्यक्ष खड्काको भनाई छ ।
जयचौर मात्र नभएर जिल्लाका अन्य ठाउँमा पनि बाढी पहिरोको जोखिम बढ्दै गएको छ । स्थानीय तहले जथाभावी डोजर लगाएर सडक काटेपनि जोखिम बढेको हो । जिल्लाका विभिन्न स्थानमा खनिएका कच्ची सडकले बाढीपहिरोको जोखिम बढाएको स्थानीयले बताए । गत वर्ष बागचौर नगरपालिका वडा न १२ को पुरै गाँउ बाढीपहिरोले क्षतविक्षत भएको थियो ।





.jpg)