ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका विपन्नलाई साँझ बिहानको छाक टार्नै मुस्किल

  सल्यान खबर डेस्क २०७८ जेठ ३० गते आइतबार १५:१४:३९ मा प्रकाशित

जेठ ३०,सल्यान
दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ ।

नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण दुई महिनादेखिको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएको हो ।

दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका शारदा नगरपालिका १ शान्तिनगरका डबलसिहं बादीले निषेधाज्ञापछि काम नपाउँदा हिजोआज बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल भइरहेको बताए । ‘निषेधाज्ञा भएको दुई महिना भइसक्यो, अझै कति लम्बिने हो कुनै निश्चित छैन’, उनले भने ‘हामी दैनिक मजुदरी गरेर आजै कमाएर आजै खानुपर्ने बाध्यता भएकालाई परिवार पाल्न निकै धौधौ भएको छ ।’

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा लम्बिँदै जाँदा दैनिक ज्यालामा मजदुरी गर्ने तथा विपन्न परिवारलाई गुजारा चलाउन कठिन भएको छ । निषेधाज्ञाका कारण काम नपाउँदा आम्दानीको स्रोत नहुने भएकाले घरपरिवार पाल्न समस्या भएको सिर्जना वादीले बताइन । 

गत वर्ष विपन्न परिवार तथा मजुदरका लागि भन्दै स्थानीय सरकार, प्रदेश सरकार तथा विभिन्न सहयोगी सङ्घसंस्थाले खाद्यान्न तथा राहत सामग्री वितरण गरेकाले केही राहत भएको थियो तर यस पटक भने कहीँ कतैबाट पनि नपाएको उनको भनाइ छ । ‘बन्दअघि काम गरेर बचत गरेको सबै पैसा खर्च भइसक्यो, अब त घरमा खाने चामल, दाल पनि सकिइसकेको छ, परिवारमा कमाउने मान्छे म एक्लै हूँ, छ जनाको परिवार पाल्न निकै गाह्रो भएको छ’, उनले भनिन । बालुवा गिट्टी बिक्री गरेर घरखर्च चलाउने गरेको भएपनि विकास निमार्णका सम्पूर्ण काम थप्प हुँदा बिक्री नभएको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top