ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जीप दुर्घटना सात घाइते , तीनको अवस्था गम्भिर

  सल्यान खबर डेस्क २०७८ जेठ २४ गते सोमबार १३:०५:२५ मा प्रकाशित

जेठ २४,सल्यान 
सल्यानमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन । नेपालगञ्जबाट शव बोकेर आइरहेको भे १ च ३६६९ नम्बरको डबल क्याप जिप  सल्यान बनगाड कुपिण्डे नगरपालिका ८ आगरनेटामा दुर्घटना भएको हो । 

सोमबार बिहान बनगाड कुपिण्डे नगरपालिका १० थापाचौर जाँदै गरेको जीप दुर्घटना मा परी घाइते ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घटनामा घाइते हुनेहरुमा जिप चालक बनगाड कुपिण्डे ८ वावियाचौरका २६ वर्षिय बल बहादुर कवर, सोहि ठाउँका ४० वर्षिय गाडी मालिक होम बहादुर गिरी, बनगाड कुपिण्डे १० थापाचौरका २१ वर्षीय आईतुलाल थापा, ३२ वर्षीय खोकलाल थापा, २६ वर्षीया हुर्मति थापा, २० वर्षीय केशव थापा र ४५ वर्षीय टोप बहादुर घर्ति रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए । 
गम्भिर घाइते गाडी चालक बल बहादुर कंवर, हुर्मति थापा र आईतुलाल थापालाई उपचारको लागी नेपालगंज  पठाइएको भने बाँकी अन्यको सल्यान जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको पौडेलले बताए । 

जीप सडकबाट झन्डै ५० मिटर तल खसेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top