होमपेज / समाज
जेठ २३,सल्यान
अवरुद्ध भएको एक महिनापछि झिम्पे पाथीभरा रिपिटर टावर सञ्चालनमा आएको छ । गत वैशाख १९ गते बिहान परेको चट्याङले ट्रान्सफर्म लगायतका सामाग्रीमा क्षति पुगेपछि अवरुद्ध हुँदै आइरहेको थियो ।
छत्रेश्वरी गाउँपालिका वडा न २ र ४ को सिमानामा रहेको रिपिटर टावर शनिबारदेखि सञ्चालनमा आएको नेपाल दुरसञ्चार कार्यालय सल्यानले जनाएको छ । नेपालगञ्जबाट नयाँ ट्रान्सफर्म ल्याएर जोडेपछि टावर सञ्चालनमा आएको कार्यालयका प्रमुख युद्ध बहादुर केसीले बताए ।
टावर सञ्चालसँगै सल्यानका छत्रेश्वरी, त्रिवेणी,सिद्ध कुमाख, कपुरकोट गाउँपालिका र बागचौर नगरपालिका, रोल्पा र रुकुम पश्चिमका सेवाग्राही सञ्चार सुविधाको पहुँभित्र आएको छत्रेश्वरी गाउँपालिका २ का वडाध्यक्ष प्रेम बहादुर खड्काले बताए ।
२०५४ साल पुस ९ गते तत्कालिन राज्य र विद्रोही पक्षबिचको झडपका क्रममा टावर ध्वस्त भएको थियो । ध्वस्त भएको २३ वर्ष पछि टावर सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक महिना नपुग्दै चट्याङले पुनः अवरुद्ध भएको थियो ।





.jpg)