ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जैविक विविधता ह्रास हुँदै

विश्व वातावरण दिवस विशेष

  सल्यान खबर डेस्क २०७८ जेठ २२ गते शनिबार १५:३४:२८ मा प्रकाशित

जेठ २२, सल्यान
नेपाल जैविक विविधताले भरिपूर्ण देश हो । पृथ्वीमा रहेका सबै प्रकारका जीवजन्तु तथा वनस्पतिका आणुवशंकि, प्रजातिगत र पारस्थितिक प्रणालीलाई हामी जैविक विविधता भनेर बुझ्ने गछौं ।

जैविक विविधताबाट हामीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अनेकौं वस्तु तथा सेवाहरु जस्तै खाना, उर्जा, औषधी, अक्सिजन आदी निरन्तर पाइरहेका छौं तर पछिल्लो समयमा जैविक विविधतामा खल्ल पुगेको छ । . 

जैविक विविधताको अत्याधिक प्रयोग तथा उपयोगले जैविक विविधतामा ह्रास आउनुका साथै प्राकृतिक प्रक्रिया असन्तुलित भई मानव जीवनको अस्तित्व नै संकटमा पुगेको छ । जलवायु परिवर्तन, बढ्दो सहरीकरण, गैरकानुनी शिकार, प्राकृतिक स्रोतको अत्याधिक दोहन लगायतका कारण जैविक विविधतामा खल्ल पुगेको डिभिवन वन कार्यालय सल्यानले जनाएको छ । 

पारास्थितिक प्रणालीमा रहेका जीवजन्तुको  बासस्थान बचाउनु पर्छ भनेर काम गर्दै आइरहेको  डिभिजन वन प्रमुख रमेश गिरीले बताए  । सामुदायिक वन, धार्मिक वन, कवलियती वनका उपभोक्ताहरुलाई जैविक विविधताको संरक्षण एव प्रवद्र्धन गर्न कार्यविधि नै बनाएको उनको भनाई छ । 

जैविक विधिताको संरक्षणका लागि सरकारी तथा विभिन्न संघ संस्थाहरुले सचेतना मुलक कार्यक्रम भने गर्दै आइरहेका छन् । खाली ठाउँमा वृक्षा रोपण, डढेलो नियन्त्रयण, पानीका मुहान संरक्षण , वन्यजन्तु संरक्षणमा लागेको सामुदायिक वन उपभोक्ता महासंघ सल्यानकी अध्यक्ष सरिता हमालको भनाई छ । खोलाको अनाधिकृत दोहन, खोलानालामा विषादी र करेन्ट लगाउँदा खोलामा माछा पाइन छाडेको छ । खोला दोहनका कारण जलचर प्राणी लोप हुँदै जान थालेका छन् । माछा मारेर आफ्नो जीविकोपार्जन गर्ने समुदाय समेत विस्तापित हुन थालेका छन् । 

करेन्ट र विषादीको अत्याधिक प्रयोगले आफ्नो पेसा नै संकटमा परेको शारदा नगरपालिका १ शान्तिनगरका रामु वादीले बताए । पहिले दिनमा तीन चार किलो माछा मारेर एक हजार दुई सयसम्म आम्दानी गर्ने गरेको भएपनि अहिले मुस्किलले आधा किलो मात्र माछा मर्ने गरेको उनको भनाई छ ।  

नेपालको संविधान २०७२ ले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई जैविक विविधता संरक्षण सम्बन्धी कार्य गर्न एकल तथा साझा अधिकारको सूचीमा व्यवस्था गर्न जिम्मेवार बनाएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top