ट्रेण्डिङ

होमपेज / समाज

विवेकशिल साझा पार्टी सल्यानद्धारा विपन्न समुदायलाई खाद्यन्न वितरण

  सल्यान खबर डेस्क २०७८ जेठ २२ गते शनिबार ०८:३४:०४ मा प्रकाशित

जेठ २२,सल्यान
विवेकशिल साझा पार्टी सल्यानले जिल्लाका विपन्न समुदायलाई खाद्यन्न सहयोग गरेको छ । कोरोना भाइरसका कारण दैनिक जीविकोपार्जन गर्न समस्या भएका समुदायलाई उनीहरुकै घरमा पुगी खाद्यन्न सहयोग गरेको हो । 

शुक्रबार पार्टीले शारदा नगरपालिका ४ का ११ विपन्न समुदायलाई खाद्यन्न वितरण गरेको पार्टीका जिल्ला प्रवक्ता डि.एस. डाँगीले जानकारी दिए । अति विपन्न, असाहय, निम्न आय भएका परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको उनको भनाई छ । ८५ वर्षका एकल बृद्धदेखि प्याराइसिसका विरामी र दृष्टिविहीन जोडी लगायत अरु अति विपन्नहरुलाई खाद्यान्न वितरण गरिएको उनको भनाइ छ ।

विपन्न परिवारलाई २५ किलोको एक बोरी चामल प्रदान गरिएको उनले बताए  भोक विरुद्धको हाम्रो अभियान नाम दिएर समुदायमा कोरोना भाइरस सक्रमणका कारण दैनिक जीविकोपार्जन गर्ने अति विपन्न, अशक्त परिवारलाई राहत वितरण गर्दै आइरहेको प्रवक्ता डाँगीले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top