ट्रेण्डिङ

होमपेज / समाज

एक महिनादेखि झिम्पे पाथिभरा रिपिटर टावर अवरुद्ध

  सल्यान खबर डेस्क २०७८ जेठ २० गते बिहीबार १२:५८:४८ मा प्रकाशित

जेठ २०,सल्यान 
झन्डै २३ वर्षपछि सञ्चालनमा आएको झिम्पे पाथिभारे रिपिटर टावर एक महिना नपुग्दै अवरुद्ध भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ झिम्पेमा रहेको रिपिटर टावरमा  चट्याङ परेपछि टेलिफोन सेवा अवरुद्ध भएको हो । 

गत वैशाख १९ गते बिहान परेको चट्याङले ट्रान्सफर्म लगायतमा अन्य सामान जलेपछि टेलिफोन सेवा अवरुद्ध भएको छत्रेश्वरी गाउँपालिका ४ का वडाध्यक्ष नेव बहादुर खड्काले बताए । उनले भने ‘२३ वर्षसम्म बन्द रहेको टावर सञ्चालनमा आएपछि सञ्चार सेवामा जोडिएको एक महिना नपुग्दै सञ्चार सुविधाबाट बञ्चित हुनु परेको छ ।’

टेलिफोन सेवा अवरुद्ध हुँदा सल्यानका छत्रेश्वरी, त्रिवेणी, सिद्ध कुमाख, कपुरकोट गाउँपालिका र बागचौर नगरपालिका, रोल्पाको गंगादेव गाउँपालिका, त्रिवेणी गाउँपालिका लगायतका रुकुम पश्चिमका सेवाग्राही समस्यामा परेका छन् । 

अवरुद्ध रिपिटर टावर मर्मतको काम भइरहेको र अबको केही दिनमा नै टावर सञ्चालनमा आउने दुरसञ्चार कार्यालय सल्यानका प्रमुख युद्ध बहादुर केसीले बताए । ‘सुरुमा टान्सफर्ममा क्षति भएको छैन भनेर अन्य सामान मात्र मर्मत गरियो तर टान्सफर्म पनि जलेको रहेछ नेपालगञ्जबाट हामीले माग गरेका छौं’ उनले भने । नेपालगञ्जबाट ट्रान्सफर्म आए लगत्तै टावर सञ्चालनमा आउने उनको भनाई छ । 

 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top