ट्रेण्डिङ

होमपेज / समाज

गणतन्त्र दिवसको अवसरमा सल्यानका ६ कैदीको कैद मिनाहा

  सल्यान खबर डेस्क २०७८ जेठ १५ गते शनिबार १२:३०:३३ मा प्रकाशित

जेठ १५,सल्यान 
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १३ वर्ष पुरा भएको छ ।

२०५२ सालमा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्ध  र जनआन्दोलन २०६२०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठ्कले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो । 

१४ औं गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार सल्यानमा कैद भुक्तान गरी रहेका ६ कैदीको कैद कट्टा गरी माफी मिनाहा गरिएको छ । 
२ कतव्र्य ज्यान, २ सवारी ज्यान र २ बहुविवाह मुद्धामा कैद भुक्तान गरी रहेका ६ कैदीको कैद मिनाहा गरिएको जिल्ला कारागार सल्यानका प्रमुख बल बहादुर केसीले बताए । कैद मिनाहा पाउनेमा १ महिला र ५ पुरुष रहेको उनको भनाई छ ।  

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यन्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली अनुसार ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेका तथा अनुशासित ६ कैदीको कैद मिनाहा गरिएको केसीले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top