ट्रेण्डिङ

होमपेज / समाज

निषेधाज्ञाको बिचमा पनि स्वास्थ्य मापदण्ड पालना गर्दै विकास निमार्ण अघि बढाउँदै दार्मा गाउँपालिका

  सल्यान खबर डेस्क २०७८ जेठ १३ गते बिहीबार १८:००:५३ मा प्रकाशित

जेठ १३,सल्यान
कोरोना संक्रमणको जोखिमका कारण जारी गरिएको निषेधाज्ञाका कारण सल्यान जिल्ला पनि सुनसान छ । त मानिसको भिडभाड छ , न पसल व्यवसाय नै खुलेका छन् । कोरोना करहमा जारी भएको निषेधाज्ञाको समयमा जिल्लाका अधिकांश गतिविधिह? ठप्प अवस्था छन् । 

तर जिल्लाको दार्मा गाउँपालिकाले भने स्वास्थ्य मापदण्डलाई पालना गर्दा विकास निमार्णलाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्षको अन्तिम समय आएकाले पनि सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गरी विकास निमार्णलाई अघि बढाई रहेको गाउँपालिकाले जनाएको छ । प्रधानमन्त्री रोजगार, मुख्यमन्त्री रोजगार, अन्य विभिन्न सरकारी कार्यालय र गाउँपालिकाबाट विनियोजित योजनाहरू सञ्चालन भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिए । निषेधाज्ञाको बिचमा भएका योजनाको प्रभावकारीताका विषयमा नियमित अनुगमन तथा निरिक्षण पनि भइरहेको उनको भनाई छ । 
दार्मा गाउँपालिका वडा नम्बर १ र वडामा ५ मा संचालित विभिन्न १२ भन्दा बढी आयोजना र योजनाहरुको स्वस्थ्य मापदण्डको अनुसरण गर्दै सानो चारजनाको समुहबाट दोस्रो र तेस्रो अर्थात अन्तिम चरणको अनुगमन गरिएको उनको  भनाई रहेको छ  । उनका अनुसार  झापुखोला –मछाइने – तल्लोघट्ट सिचाइ कुलो निर्माण दार्मा १, साक्चाखोला , रानिपानी –स्यालाखेत– कर्चनगारेखेत सिचाइ योजना दार्मा १, साक्चाखोला, जुडढुङगा – ठन्केनिढार– भदालेखोला खानेपानी योजना दार्मा–१, भदालेखोला, कर्चनगारे– चिसापानी खेत देखि मिलसम्म सिचाइ कुलो निर्माण योजना,किमुका रुख देखि रुन्ढुङगा सिचाइ कुलो निर्माण योजना दार्मा –१ के अनुगमन गरिएको खड्काले बताए । 

यस्तै स्याला–छरिखोला खानेपानी योजना दार्मा–५, रातामाटा, टिकेपातल उतिसेनी रातामाटा सडक निर्माण योजना दार्मा–५, रातामाटा, नवचेतना आ.व. सौचालय निर्माण योजना दार्मा–५, मुलपानी,  जलेखर्क  –बछेला– ढाकाडमकोट सडक मर्मत योजना दार्माख्५, ढाकाडामको –जलेखर्क, साझेदारीमा आधारित एक स्थानीय तह एक बाली विशेष कार्यकमको लागि सिंचाइ संरचना निर्माण योजना दार्माख् ५, जलेखर्क, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत टिकेपातल खानेपानी दार्मा–५, बाद्ने  र स्याला पेदिखेत सिचाइ कुलो निर्माण दार्मा –५,काउलोबोट को अनगुमगन गरिएको छ । 


अहिले कोरोना महामारी छ भनेर बसियो भने पछि कामको लोड पर्ने र  महामारी कहिलेसम्म रहने हो भन्ने निश्चित नभएकाले सामजिक दुरी कायम गरी काम सञ्चालन गरी रहेके उनले बताए । उनले भने असारमा अहिलेको भन्दा पनि व्यापक रुपमा फैलियो भने त्यति गर्न सक्दिन भन्न मिल्दैन । आखिर काम गर्नु नै छ भने कामको लोड अहिले देखि नै गर्नु उचित ठानेर योजनाहरुको अनुगमन शुरु गरेका छौ  . 

प्रतिक्रिया

सम्बन्धित खवर

Top