ट्रेण्डिङ

होमपेज / समाज

शारदा नगरपालिमा कक्षा १ देखि ९ सम्मको परीक्षा फागुन २८ गते सुरु

  सल्यान खबर डेस्क २०७६ फाल्गुण २१ गते बुधबार १४:१९:३६ मा प्रकाशित

फागुन २१, सल्यान
जिल्लाको शारदा नगरपालिकाले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यही फागुन २८ गतेदेखी चैत्र ५ गतेसम्म गर्ने भएको छ । नगर शिक्षा समितिको वैठ्कले फागुन २८ गतेदेखि नगरपालिका भित्रका सम्पुर्ण विद्यालयको वार्षिक परीक्षा गर्ने निर्णय गरेको हो । 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर फैलिएको कोरोनाको संक्रमणको कारण चैत्र ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन अनुरोध गरेसगै नगरपालिकाले परीक्षा गराउन थालेको शारदा नगरापलिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिला बहादुर बबाले बताए ।  कोरोना संक्रमणका कारणले परीक्षा चाँडै गर्न थालेको उनको भनाई छ । यस्तै  उनले सामुहिक भेला, सम्मेलन,गोष्ठी जस्ता कार्य नगर्न समेत विद्यालयलाई आग्रह गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top