ट्रेण्डिङ

होमपेज / समाज

यात्रुसँग बढी भाडा लिने सवारीबाट पैसा फिर्ता गराउँदै सल्यान प्रहरी

  सल्यान खबर डेस्क २०७८ जेठ ८ गते शनिबार १९:०३:०६ मा प्रकाशित

जेठ ८,सल्यान 
यात्रुसँग बढी भाढा लिने ट्रक चालकबाट प्रहरीले पैसा फिर्ता गराएको छ । कोरोना भाइरस संक्रमण तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा उठाउँदै बढी भाडा असुल्ने ट्रक चालकबाट प्रहरीले पैसा फिर्ता गराएको हो । 

रुकुम झुल्नेटाबाट दाङ तुलसीपुरसम्मका लागि एक जनाको २ हजार ५ सय रुपैयाँ लिएको पाइएपछि बढी रकम फिर्ता गराइएको इलाका प्र्रहरी कार्यालय सिमखोली सल्यानले जनाएको छ । गाडीमा छड्के चेकजाँच गर्ने क्रममा रुकुमको झुल्नेटाबाट चढेका दुर्ई यात्रुबाट प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँका दरले असुली गरेको पाइएपछि पैसा फिर्ता गराइएको इलाका प्रहरी कार्यालय सिमखोलीका प्रहरी प्रमुख नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

यात्रुहरुलार्ई बढी भाडा लिएको भनेर नभन्नु भन्दै सवारी चालकले भनेको भएपनि छड्के चेकजाँच गर्ने क्रममा यात्रुले बताएपछि बढी पैसा फितौ गराइएको उनको भनाई छ । ३ सय ७० रुपैयाँ भाडादर रहेकोमा २ हजार ५ सय रुपैयाँ लिएको चन्दको भनाई छ । दाङ तुलसीपुरमा घरका सदस्य बिरामी भएपछि यात्रुहरु ट्रकमा चढेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top