ट्रेण्डिङ

होमपेज / समाज

स्वास्थ्यकर्मीले माफी मागेपछि १० घण्टा पछि बुझे आफन्तले शव

  सल्यान खबर डेस्क २०७८ जेठ ७ गते शुक्रबार १७:३३:५५ मा प्रकाशित

जेठ ७,सल्यान 
स्वास्थ्यकर्मीले लिखित माफी मागेपछि १० घण्टा पति आफन्तले शव बुझेका छन् । स्वास्थ्यकर्मीले समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा बिरामीको मृत्यु भएको भन्दै मृत्तकका आफन्तले आन्दोलन गरेका थिए । 

स्वास्थ्यकर्मीले लिखित रुपमा माफी मागेपछि आफन्तले शव बुझ्ने सहमति गरेका छन् । शुक्रबार बिहान ४ बजे बनगाड कुपिण्डे नगरपालिका ७ घर भई हाल वडान १ सल्लीबजारमा बस्दै आएका ४९ वर्षीय भोल बहादुर बुढाको मृत्यु भएको थियो । स्वास्थ्यकर्मीलाई पटक पटक फोन गर्दा पनि फोन नउठाएको र घरमै आएर बोलाउँदा पनि जिम्मेवार नबनेको भन्दै आफन्तले स्वास्थ्यकर्मीलाई कारवाहीको माग गर्दै आन्दोलनका साथै घर घेराउ गरेका थिए । 

स्वास्थ्यकर्मीले माफी र आउँदा दिनमा यस प्रकारको गल्ती नदोहो¥याउने सहमति पछि आन्दोलन फिर्ता लिएको मृत्तकका आफन्तले जनाएका छन् । राती बिरामी भएका उनको स्वास्थ्य संस्थामा ल्याउँदै गर्दा एम्बुलेन्समा मृत्यु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top