ट्रेण्डिङ

होमपेज / समाज

सल्यान सल्लीबजारमा स्वास्थ्यकर्मीलाई कारवाहीको माग गर्दै मृत्तकका आफन्तद्धारा आन्दोलन

  सल्यान खबर डेस्क २०७८ जेठ ७ गते शुक्रबार १५:५७:४६ मा प्रकाशित

जेठ ७,सल्यान 
स्वास्थ्यकर्मीले समयै एम्बुलेन्स नपठाउँदा बिरामीको मृत्यु भएको भन्दै मृत्तकका आफन्तले आन्दोलन गरेका छन् ।

 जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारका एक स्थानीयको गएराती मृत्यु भएपछि मृत्तकका आफन्तले स्वास्थ्यकर्मीले समयमै एम्बुलेन्स नपठाई उपचार नपाउँदा मृत्यु भएको भन्दै आन्दोलन गरी रहेका हुन ।

स्वास्थ्यकर्मीले ढिलागरी एम्बुलेन्स पठाउँदा बिरामीको उपचारको अभावमा मृत्यु भएको आरोप लगाएका छन् । स्वास्थ्यकर्मीलाई कारवाही नगरेसम्म आन्दोलन गरी रहने आन्दोलनकारीको भनाई रहेको छ । आन्दोलनकारीले अहिले बनगाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको घरघेरा हाली आन्दोलन गरी रहेका छन् । 
उता स्वास्थ्यकर्मी बासु पोख्रेलले आफूँलाई साढे ३ बजे फोन आएको र ४ बजे ल्याउँदा एम्बुलेन्स भित्रै मृत्यु भएका बताएका छन् । फोन गरेको आधा घण्टामा नै उनको एम्बुलेन्स भित्रै मृत्यु  भएपछि स्वास्थ्यकर्मीको कसरी कमजोरी हुन्छ पोख्रेलले बताए । 

स्वास्थ्यकर्मीको लापरवार्हीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले अहिलेसम्म शव बुझेका छैनन् । शव एम्बुलेन्समा नै रहेको छ । उनको एन्टिजेन परीक्षण गर्दा नेगेटिभ आएको थियो । 

  

प्रतिक्रिया

सम्बन्धित खवर

Top