ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा आगोमा जलेर बालकको ज्यान गयो

  सल्यान खबर डेस्क २०७६ फाल्गुण २१ गते बुधबार १३:०२:५५ मा प्रकाशित

फागुन २१, सल्यान 
आगोले जलेर सल्यानमा एक बालकको ज्यान गएको छ । जिल्लाको शिद्धकुमाख गाउपालिका वडा नं. १ बाँझकाँडाका रत्नलाल बुढाथोकीका ११ बर्षिय छोरा दुर्गा बहादुर बुढाथोकीको ज्यान गएको हो ।  
मंगलबार बेलुका साढे ८ बजे बुढाथोकीको घरमा आगलागी भएपछि आगो नियन्त्रण पश्चात बालक बुढाथोकी घरको माथिल्लो तल्लामा जलेको अबस्थामा भेटिएको सल्यानका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिए । 
घरमा आगलागी भएपछि घरका सम्पुर्ण सामानहरु निकालिएको र आगो नियन्त्रण भईसकेपछि घरको सबै भन्दा माथिल्लो तलामा हेर्न जाँदा बालक जलेको अबस्था मृत भेटिएको प्रहरीले जनाएको छ । 
आगो कस्ले किन लगाएको भन्ने एकिन नभएता पनि जलेर मृत भेटिएका बालकको छेउमा सलाई भटिएकोले बालक आफैले आगो लगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 
मृतक बालकलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भईरहेका प्रहरी जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top