होमपेज / समाज
जेठ ४,सल्यान
सल्यानको छत्रेश्वरी गाउँपालिकाले सात वटै वडामा एन्टिजेन परीक्षण गर्ने भएको छ । कोभिड १९ संक्रमणका लक्षणहरु धेरै ठाउँमा देखिएको भन्दै कोरोना नियन्त्रण तथा रोकथाम गर्न सबै वडामा एन्टीजेन परीक्षण हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार जेठ ५ गते बिहाद १० बजेदेखि १ बजेसम्म वडा न १ को भानुभक्त माध्यमिक विद्यालय दमाचौर, ५ गते नै दिउँसो २ बजेदेखि ५ बजेसम्म वडा न २ को भगवती आधारभुत विद्यालय दहखोला, ६ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म वडा न ५ का महेन्द्र माध्यमिक विद्यालय पाखापानी, ७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म वडा न ४ को वडा कार्यालय जयचारै र ७ गते नै दिउँसो २ बजेदेखि ५ बजेसम्म वडा न ३ को जानकी माध्यमिक विद्यालय दोहली परीक्षण गरिने कार्यालयले जनाएको छ ।
यस्तै ८ गते वडा न ७ को कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र वडा न ६ मा शोही दिन दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म परीक्षण गरिने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।





.jpg)