होमपेज / समाज
जेठ ३,सल्यान
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले एक करोड राशीको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना भएको छ । सोमबार कर्णाली प्रदेशको भर्चुअल बैठ्कले एक करोड राशीको कर्णाली प्रदेश पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय गरेको हो ।
कर्णालीका पत्रकारहरुको आपतकालिन उद्धार, उपचार तथा राहतको लागि एक करोड राशीको कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खग्रन्द्र भट्टाईले जानकारी दिए । कोषमा विभिन्न व्यक्ति, तीनै तहका सरकार र विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाबाट सहयोगका लागि आह्वान गरिने उनको भनाई छ ।
यस्तै वैठ्कले कर्णालीका विभिन्न जिल्लाका पत्रकारहरु दिनहुँ कोरोना संक्रमित हुने संख्या बढी रहेको प्रति चिन्ता व्यक्त गर्दै पत्रकारलाई कोरोना विरुद्धको लडाइका फ्रन्टलाइनर घोषित गरी उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि उचित प्रबन्ध गर्न राज्यलाई ध्यानाकर्षण गराएको छ ।
कर्णालीका पत्रकारहरुलाई आपतकालिन उद्धार तथा उपचार गर्नु पर्ने अवस्थामा महासंघका तर्फबाट सहजीकरण गर्त कोषाध्यक्ष गणेशकञ्चन भारतीलाई सम्पर्क व्यक्ति तोकिएको समेत महासचिव भट्टराईले बताए ।





.jpg)