होमपेज / समाज
सरिता चलाउने जेठ २,सल्यान
सेल्फ हेल्प अभियान समूहले सल्यान जिल्ला अस्पताललाई २० वटा अक्सिजन सिलिन्डर प्रदान गरेको छ । सेल्फ हेल्प समूहले (अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार अभियान सञ्चालन गरी सामाजिक सञ्जालबाट आर्थिक संकलन गरेको थियो ।
सामाजिक सञ्जालबाटै सञ्चालन गरिएको अभियानबाट प्राप्त भएको रकमले जिल्ला अस्पताल सल्यानलाई ४ लाख ४० हजारको लागतमा २० अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको पत्रकार तथा अभियान्ता आषिक केसीले जानकारी दिए । अक्सिजनको अभावमा कोरोना संक्रमितहरु टड्पिएको देखेपछि उक्त अभियान सञ्चालन गरिएको उनको भनाई छ ।
सबै नेपालीको एक एक पसिना जम्मा गरेर अस्पतालको सम्पत्तिको रुपमा सिलिन्डर प्रदान गरेको अर्का अभियान्ता गोविन्द शर्माले बताए । अक्सिजनको कमिले कुनैपनि नागरिकले अकालमा ज्यान गुमाउन नपर्ने आशाका साथ अभियान सञ्चालन गरेको उनको भनाई छ ।
एक हप्ता सञ्चालन गरिएको अभियानमा ५ लाख २१ हजार रकम संकलन भएको र ४ लाख ४० हजारको अक्सिजन सिलिन्डर खरिद गरेको शर्माले बताए । संकलन गरिएको केही रकम बचेको र उक्त बचेको बचतलाई पनि सदुपयोगको लागि अर्को अभियानको पनि तयारी भइरहेको उनको भनाई छ ।





.jpg)