ट्रेण्डिङ

होमपेज / समाज

अवरुद्ध छिन्चु –जाजरकोट सडक खुल्यो

  सल्यान खबर डेस्क २०७८ बैशाख २९ गते बुधबार ११:५९:२३ मा प्रकाशित

वैशाख २९,सल्यान 
वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको छिन्चु –जाजरकोट सडक खुलेको छ । अवरुद्ध भएको झन्डै १४ घण्टा पछि सडक खुलेको हो । 

सल्यान र सुर्खेतको सिमा गुर्भाकोट नगरपालिका ३ धारापानी नजिकै मंगलबार दिउँसो झन्डै ३ बजेदेखि पहिलोले सडक अवरुद्ध गरेको थियो । सहयाक बाटो खन्ने क्रममा खनेको माटो सहित सडकमा पहिरो आएको थियो । 

डोजर लगाएर अवरुद्ध सडक सञ्चालनमा आएको गुर्भाकोट नगरपालिकाका सूचना अधिकारी मेघराज सोनीले जानकारी दिए । सडक अवरुद्ध हुँदा एम्बुलेन्स देखि आद्यन्न बोकेका गाडीहरु जाममा परेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top