ट्रेण्डिङ

होमपेज / समाज

कोभिडका बिरामीलाई बागचौर नगरपालिकाको निःशुल्क एम्बुलेन्स

  सल्यान खबर डेस्क २०७८ बैशाख २६ गते आइतबार १२:१६:५५ मा प्रकाशित

वैशाख २६,सल्यान 
कोभिड १९ का बिरामीलाई जिल्लाको बागचौर नगरपालिकाले एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने भएको छ । नगरभित्रका कोरोनाको लक्षण देखिएका, कोरोना पहिचान भएका र आफै सवारी साधनको व्यवस्था गर्न नसक्ने बिरामीहरुका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ । 

कोरोना संक्रमितलाई सेवा प्रदान गर्न नगरपालिकाको एक गाडी, एक एम्बुलेन्स र एक निजि गाडी तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ । कोरोना संक्रमित विरामीहरुको लागि सम्बन्धित वडाको समन्वयमा खलंगा अस्पतालसम्म जानको लागि तीन वटा गाडी रेडि अवस्थामा राखिएको उपमेयर कल्पना पुनले बताइन । उनले भनिन ‘कोरोनाको लक्षण देखिएका, कोरोना पहिचान भएका र आफैले सवारी साधनको व्यवस्था गर्न नसक्ने विरामहिरुको लागि सम्बन्धित वडाको समन्वयमा सल्यान अस्पतालसम्म जानको लागि निःशुल्क सेवारी साधनको व्यवस्था गरेका छौं ।’ 

यस्तै नगरपालिकाले कोरोनाबाट बिरामी भाई मृत्यु भएमा खलंगाबाट निजको घरसम्म शव बहानको लागि नगरपालिकाले निःशुल्क व्यवस्था गरिने उनको पुनको भनाई छ । 
कोरोना संक्रमितको संख्या बढ्दै जानथालेपछि नगरपालिकाले आफ्नै नयाँ भवनमा २५ वेडको अक्सिजन सहितको आइसोलेशन निमार्ण गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top